सिस्नुपानीले हाँस्यव्यङ्य देउसीभैलो कार्यक्रम गर्ने

हेटौँडा, सिस्नुपानी नेपाल मकवानपुरले हाँस्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ । तिहारको अवसरका सिस्नुपानी मकवानपुरले देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।

ADVERTISEMENT

यो वर्षको कार्यक्रम कात्तिक २१ गते कागतिहारको दिन हुने भएको छ । सिस्नुपानी नेपालले केन्द्रीयस्तरमा हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको मकवानपुरले व्यङ्ग्य साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम गर्न लागेको सिस्नुपानी नेपाल मकवानपुर अध्यक्ष संप्रस पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलका अनुसार हाँस्यव्यङ्य देउसी भैलो कार्यक्रमको लागि तयारीको काम भइरहेको उनले बताए । संस्थाका हरेक कार्यक्रमहरूमा नवपुस्तालाई स्थान दिँदै आएको र यसले हास्यव्यङ्ग्यको प्रबर्धन समेत भइरहेको उनले बताएका छन् ।

ADVERTISEMENT

कार्यक्रममा कलाकारको देउसीभैली गीत, प्यारोडी गायन, प्रहसन, हास्यव्यङ्ग्य कविता वाचन, खैँजडी भजनलगायत साङ्गीतिक प्रस्तुतिहरू रहने छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको सहयोग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya