पुष १६ गते कांग्रेस मकवानपुरले मेलमिलाप कार्यक्रम गर्ने

हेटौंडा, नेपाली कांग्रेस मकवानपुरले पुष १६ गते राष्ट्रिय एकता मेलमिलाप दिवसको अवसर पारेर मेलमिलाप कार्यक्रमको आयोजना गर्ने भएको छ ।कांग्रेस मकवानपुरले आज पत्रकार सम्मेलन गरेर मेलमिलाप कार्यक्रमको विषयमा जानकारी दिएको हो ।

ADVERTISEMENT

उक्त कार्यक्रमलाई कांग्रेस महामन्त्री गगन थापाले सम्बोधन गर्ने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा केन्द्रीय सह महामन्त्री महालक्ष्मी उपाध्याय, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, केन्द्रीय सदस्य मोहन आचार्यलगायतले पनि सम्बोधन गर्नेछन् ।लामाले मेलमिलाप कार्यक्रमबाटै मकवानपुरमा सम्मानको सुरुवात हुने समेत बताएका छन् । विभिन्न कालखण्डमा कांग्रेस पार्टीलाई योगदान दिने पूराना नेताहरु करिब ३० जनालाई पहिलो चरणमा सम्मान गरिने समेत उनले बताए ।

पार्टी संगठनमा जब विखण्डनको अवस्था आउँछ तब कांग्रेसले मेलमिलापको नीति अवलम्वन गर्दै आएको भन्दै उनले मकवानपुरमा यो कार्यक्रमले निकै महत्व राख्ने समेत बताए । पुष १६ गते विहान ११ बजेबाट रोयल पार्टी प्यालेशमा हुने कार्यक्रममा मकवानपुरका करिब २ हजार नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने जनाइको छ ।

ADVERTISEMENT

प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा मेलमिलाप दिवस मनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *