आजदेखि चौघडा मक्राञ्चुली कृषि सडक सञ्चालनमा

हेटौंडा, गत असोज ११ र १२ गतेको अविरल वर्षाले अवरुद्घ बनेको चौघडा मक्राञ्चुली कृषि सडक आज (मङ्गलवार)देखि सञ्चालनमा आएको छ ।

ADVERTISEMENT

हेटौडा उपमहानगरपालिका वडा नं ६ र मकवानपुरगढी गाउँपालिका ३ नं वडा कार्यालयको प्रयासमा सडक सञ्चालनमा आएको हो । उक्त बाटो सञ्चालनमा ल्याउन हेटौडा उपमहानगरपालिकाले मेशिन उपलबध गराएको थियो ।

बाटो सञ्चालनमा आएपछि कृषि उपज बजार सम्म ल्याउन र लैजान सजिलो हुनुको साथै साना सवारीसाधन सञ्चालन गर्न सजिलो भएको मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरेले बताए ।

अब हामीलाई वनडढेलो नियन्त्रण गर्न, वन पैदावार निकाल्न सजिलो हुने र बजारसम्म पुग्न पनि सुविधा हुने रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *