हेटौंडामा ‘स्काउट क्याम्प नेपाल स्काउट’ कार्यक्रम हुने

हेटौंडा, यही जेठ २६ गतेदखि २८ गतेसम्म हेटौंडा १८ स्थित गोरक्षनाथ माविको प्राङ्गणमा ‘स्काउट क्याम्प नेपाल स्काउट’ कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगर स्काउट समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम हुन लागेको हो ।

ADVERTISEMENT

तीन दिनसम्म सञ्चालन हुने स्काउट क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामूदायिक तथा संस्थागत विद्यालयका ४ सय भन्दा बढी स्काउट विद्यार्थीहरुको सहभागीता रहने हेटौंडा उपमहानगर स्काउट समितिका संयोजक दिपेन्द्र रोक्काले जानकारी दिए ।
कार्यक्रममा स्काउटहरुले ओमेगा जम्प, सुपरम्यान जम्प, टायर क्रसिङ, मंकी बिज क्रसिङ, कमान्डो ब्रिज क्रसिङ लगायत स्काउटिङ गतिविधि रहने छ ।

स्काउटहरुले सांस्कृतिक कार्यक्रम, क्याम्प फायर, धार्मिक सभा, गुम्बाडाँडास्थित मूर्ति संग्रहालय अवलोकन तथा एकदिने हाइक कार्यक्रम लगायतका अतिरिक्त क्रियाकलापमा सहभागीता जनाउने उनले जानकारी दिए । विद्यार्थीहरुलाई विपद्व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेतको व्यवस्था रहेको छ । क्याम्प सञ्चालनको लागि १० लाख रुपैयाँ खर्च हुने उनको भनाइ रहेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya