हेटौंडा, हेटौंडामा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधीको लागि हेटौंडा ११ र १५ नम्वर वडा भिड्ने भएको छ । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा जारी उक्त प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुँदैछ । सेमिफाइनलमा ११ ले १३ नम्बर वडालाई र १५ ले १४ नम्बर वडालाई टाइब्रेकरमा हराउँदै उपाधि भिडन्त पक्का गरेको हो ।
नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख ५० रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलबाट आउट हुने दुई टोलीले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।
स्थानीय सरकार गठन भएपछि हेटौंडा उपमहानगरपालिकाले आफ्नै लगानीमा आयोजन गरेको यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको वडा नम्बर १० ले जितेको थियो ।







