हेटौंडा, मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मनहरी गाउँपालिका-७ रमौली बस्ने ४५ वर्षीय जगतबहादुर प्रजा रहेका छन्। उनलाई अवैध लागुऔषध गाँजा ६४ किलोसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घरनजिक मल राख्ने खाल्डोमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।







