हेटौंडा , मकवानपुरका लवराज ठकुरी अखिल नेपाल फुटबल संघ (एन्फा) को बागमती प्रदेश समितिको महासचिवमा चयन भएका छन् ।
प्रदेश समितिको अध्यक्षमा काभ्रेका निरोज श्रेष्ठ चयन भएका छन् । शुक्रबार भएको प्रथम भेलाले श्रेष्ठको अध्यक्षतामा समिति चयन भएको हो । संघको उपाध्यक्षमा दीपक चित्रकार, बाबुराजा श्रेष्ठ, रोजित मान सिंह बस्नेत, कोषाध्यक्षमा प्रविण श्रेष्ठ चयन भएका छन् ।
समितिमा ११ सदस्य रहने गरी प्रदेश समिति चयन गरिएको हो ।