हेटौंडा– विकासे योजनलाई जन अपेक्षा अनुसार निर्माण गर्ने उद्देश्य अनुसार हेटौंडा उपमहानगरपालिकाले जनस्तरबाटै योजना छनौंटको काम सुरु गरेको छ । हेटौंडामा उपमहानगरपालिकाले २०८१/०८६ का लागि निर्माण गर्न लागेको आवधिक योजना तर्जुमालाई जनस्तरबाटै थालेको हो ।
बिषयगत समिति सहित बिभिन्न बिषयमा जानकाहरुसँग छलफल गर्दै दिर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठि सम्पन्न गरेको उपमहानगरले आइतबार बाट वडा तहबाटै योजना छनौंटको काम सुरु गरेको हो । शनिवार नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएकोे गोष्ठिले ‘स्वच्छ, उत्पादनशिल सम्वृद्ध शहर हेटौंडा’ को सोच निर्धारण गरेको थियो ।
गोष्ठीबाट आएको सोचको आधारमा रहि आगामि ३ महिना भित्र वडागत रुपमा बिभिन्न साना तथा ठुला योजनाहरु छनौंट गरी आवधिक योजना निर्माण कार्य सम्पन्न गर्ने छ । दिर्घकालिन सोच अनुसार फरक÷फरक बिषयगत समुहहरु परिचालन गरी हेटौंडाको समग्र विकासमा प्रभाब पार्ने योजनाहरु सम्लग्न गर्दै आवधिक योजनाहरु निर्माण गरिने नगर प्रमुख लामाले बताइन् ।
आवधिक योजना निर्माणको क्रममा नगरका सबै वडामा पुगेर जनस्तरबाटै आवश्यकता र मागका आधारमा आगमि बर्षबाट बजेट बिनियोजन गर्दै अघि बढ्ने क्रममा उपमहानगर रहेको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । योजना बिहिन ढंगबाट काम गर्दा प्रतिफल नदेखिने भएकाले आगामि पाँच बर्षको काम बाट उपमहानगरले नयाँ गति उनको विश्वास छ । आगामि पौषमा हुने नगर सभाबाट आवधिक योजना स्विकृत गरी आर्थिक बर्ष २०८१/०८६ मा आवधिक योजना लागु हुने उपमहानगरले जनाएको छ ।
जनताको प्रत्यक्ष सहभागिता सहित जनअपेक्षा समेट्ने गरी वडा तहबाट नै साना तथा ठुला योजना संकलन गदै उपमहानगरले आगामि बाटो निर्धारण गर्नका लागि आवधिक योजना निर्माण गरेको हो । सेवा प्रदायक संस्थाको सहयोगमा उपमहानगरपालिकाले आगामि पाँच बर्षको लागि जन स्तरमा पुगेरै नगरको बिकास र समृद्धिको बाटो तयगर्नका लागि सार्वजनिक छलफल चलाएको छ ।
२०६८/०७२ साल सम्म पञ्चवर्षिय आवधिक योजना कार्यान्वयन गरेको थियो । सरकारले बिकासका योजनालाई व्यवस्थित बनाउँदै दिगो बिकास लक्ष्यलाई समेटका लागि आवधिक योजनालाई प्राथमिकतामा राख्न निर्देश गरे अनुसार उपमहानगरले कामलाई अघि बढाएको बताइएको छ । बिषयगत समिति र त्यसका उपसमिति निर्माण गरेर बजेटका प्राथमिकता र कार्यान्वयनको पाटोलाई केलाउँदै आगमि केही आवधिक योजना निर्माण हुने हेटौंडा उपमहानगरले जनाएको छ । आवधि योजना निर्माणको क्रममा समाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास, बन, वातावरण तथा बिपद् जोखिम विकास र सस्थागत बिकास तथा सुशासन बिकास समिति बनाएर काम अघि बढाइएको छ ।






