सम्मानित रिजालले दिए अक्षयकोषलाई नगद ५० हजार

सुजन ढकाल

ADVERTISEMENT

हेटौंडा, डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट मकवानपुरे हास्यव्यङ्ग्यकार आरसी रिजाल सम्मानित भएका छन् । शनिबार सिस्नुपानी नेपाल मकवानपुरले आयोजना गरेको स्मृति ग्रन्थ लोकार्पण सम्मान तथा रचना वाचन कार्यक्रममार्फत रिजाललाई नगद २५ हजार १ राशिले सम्मान गरेको हो ।

सिस्नुपानी नेपाल मकवानपुरका पूर्व अध्यक्ष तथा सल्लाहकार डा.गणेशकुमार पौडेलको पुण्यतिथिमा पौडेलका परिवारले उक्त सम्मान स्थापना गरेको हो । सम्मानबाट प्राप्त नगद २५ हजार रुपैयाँ र व्यक्तिगत २५ हजार रुपैयाँ गरी नगद ५० हजार रुपैयाँ मकवानपुरे हास्यव्यङ्ग्यकार रिजालले सिस्नुपानी नेपाल मकवानपुरका कोषाध्यक्ष शुभद्रा हुमागाईलाई हस्तान्तरण गरेका हुन् । सिस्नुपानी नेपाल मकवानपुरले स्थापना गरेको अक्षयकोषको लागि रिजालले नगद ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । शनिबार सिस्नुपानी नेपाल मकवानपुरद्वारा प्रकाशक सिर्जना र सम्झनामा डा.गणेशकुमार पोडेल किताब लोकार्पण भएको छ । सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा व्यङ्ग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहभागी अतिथिहरुले पौडेलको तस्विरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा कवि पुरुषोत्तम आचार्य, सबिता तिमल्सिना पौडेल, ओम भण्डारी, माधव भण्डारी ‘रश्मि’, सुवास सजल, प्रसनन अर्याल, डीवि बर्तौला, स्वस्तिका दाहाललगायतले रचना वाचन गरेका थिए । सिस्नुपानी नेपाल मकवानपुरलाई सहयोग गर्नुहुने हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल, महेन्द्र ओझा तथा विभिन्न व्यक्तिलाई प्रशंसा पत्र प्रदान गरेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *