वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र प्रथम

हेटौंडा, प्रदेश युबा परिषदको आयोजनामा’ ‘युवा र नवप्रवर्तन’ शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा मेलिशा ढुङ्गेल द्वितिय र विबिना लामीछाने तृतीय हुन सफल भइन् । प्रतियोगितामा विजयी भएकाहरुले क्रमशः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गरे । परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरूबीच कार्यक्रम भएको हो ।

परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंले अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । मकवानपुर बहुमुखी क्यामपसका प्राध्यापक घनश्याम शर्मा , निरा शर्मा र दीपक मिश्र निर्णायकको भुमिकामा रहेका थिए।

ADVERTISEMENT

प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईले अबको युवाले बोल्ने कलामात्र हैन, व्यवहारमा पनि दखाउने युवाको खाँचो रहेको बताए । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवा हो भन्दै क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको भन्दै युवा अब टाठो हुनुपर्ने उनले बताए । सहभागीले युवा र नवप्रवर्तनबारे ७ मिनेट समयावधिमा रहेर आआफ्ना भनाई राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *