हेटौंडा–१२ उपनिर्वाचनः अन्तिम नामावली सार्वजनिक

हेटौंडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली सार्वजनिक भएको छ ।

ADVERTISEMENT

सार्वजनिक भएको नामावली अनुसार, मंसिर २ गते आइतबार वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये उम्मेदवारी दिएका २ जनाले बुधबार मनोनयन फिर्ता लिएका छन् । आइतबार उम्मेदवारी दर्ता गरेकाहरुलाई बुधबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।

उक्त समयमा उम्मेदवारी दिएका युनेश लामा स्याङ्तान र कुमार पोखरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरु दुबै जनाले स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी फिर्तापछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईले जानकारी दिइन् ।

उनले दिएको जानकारी अनुसार, वडाध्यक्ष पदमा राजनीतिक दलको तर्फबाट ९ जना र स्वतन्त्र तर्फबाट ३ जना गरी १२ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाली कांग्रेसको तर्फबाट अर्जुन प्रसाद तिवारी, नेकपा एमालेबाट राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रको तर्फबाट रविन प्रधान, राप्रपाको तर्फबाट प्रेमबहादुर भ्लोन लामा, नेकपा एकीकृत समाजवादीको तर्फबाट बलराम बलले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट आशाबीर बल, नेमकिपाबाट फुलमाया तितुङ र जसपाबाट छबिलाल वाईबा र दीपा लामाले मनोनयन दर्ता गराएका छन् भने स्वतन्त्र तर्फ अर्जुन घलान, गीता कुमारी नेवार र छत्रप्रकाश अधिकारीले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *