क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मकवानपुर विजयी

हेटौंडा, जनकपुरधाममा जारी ‘मेयर कप’ टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा मकवानपुर क्रिकेट टिम विजयी भएको छ । शनिबार भएको प्रतियोगितामा रौतहटलाई ५ विकेटले पराजित गर्दै मकवानपुर विजयी भएको हो ।

ADVERTISEMENT

शनिबारको खेलमा रौतहटले टस जितेर ब्याटिङ रोजेको थियो । २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा रौतहटले १०८ रन बनाएको थियो । मकवानपुरको लागि रामनरेश गिरी र शुभ कंसाकारले समान ३ विकेट लिए । १०९ रनको लक्ष्य पाएको मकवानपुरले ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । मकवानपुरको लागि गौरभ खड्काले ५७ रन बनाउन सफल भए । उनी नै प्रतियोगिताको म्यान अफ द म्याच घोषित भए ।

पहिलो खेलमा बारासँग पराजित भएको मकवानपुरले दोस्रो खेलमा रौतहटसँग विजयी भएको हो । अन्तिम आठमा स्थान बनाउनको लागि मकवानपुरले भोली हुने बारा र रातैहटको नतिजा कुर्नु पर्ने हुन्छ । आइतबार हुने खेलमा बारा विजयी भएमा मकवानपुर पहिलो चरणबाटै बाहिरिने छ भने रौतहट विजयी भएमा रनरेटको आधारमा रौतहट या मकवानपुरले अन्तिम आठमा स्थान बनाउने छ ।

१२ टिमको सहभागीता रहेको प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५१ हजार र उपविजेताले १ लाख ५१ हजार पुरस्कार सहितट्रफी प्राप्त गर्ने छन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *