बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ गते सार्वजनिक हुने

हेटौंडा, बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते प्रस्तुत हुने भएको छ । संसद सचिवालयमा बिहीबार बसेको कार्य परामर्श तथा व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्का अनुसार, बागमती प्रदेशसभाको भोलि अर्थात जेठ १३ गते बस्ने दशौं अधिवेशन बैठकको कार्यसूची तयार पार्न बसेको कार्य पराशर्म समितिको बैठकले सो निर्णय गरेको हो ।

भोलि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना सन्देश व्यक्त गर्ने कार्यसूची रहेको प्रमुख सचिव खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *