मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक कार्यक्रम सार्वजनिक

हेटौंडा, मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङले बूढीगंगाले उत्पादनमुखी एवं आत्मनिर्भर मुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको बताएको छ । शनिबार मकवानपुरे पत्रकारसँग अन्तरक्रिया गर्दै विश्वविद्यालयले शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावी योजना सार्वजनिक गरेको थियो ।

पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र २०८०/८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी इन स्ट्रक्चरल इञ्जिनीयरिङ, शैक्षिक सत्र २०८३/८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनीयरिरिङ, वीइ इन मेकानिकल वा अटो मोबाइल इञ्जिनीयरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इञ्जिनीयरिङ, इलेकट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनीयरिङ तथा विद्यावारिधितर्फ सिभिल इञ्जिनीयरिङ र इलेक्ट्रिकल इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको इञ्जिनीयरिङका डीन डा. प्रचण्डमान प्रधानले बताए ।

विश्वविद्यालयले यस वर्ष इञ्जिनीयरिङतर्फ दोस्रो शैक्षिक सत्रमा सिभिल इञ्जिनीयरिङतर्फ ४८ तथा इलेकट्रिकल एण्ड इलेकट्रोनिक्स इञ्जिनीयरिङतर्फ २४ विद्यार्थी भर्नाका लागि यही कार्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको जनाइएको छ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको संख््याअनुसार निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रधानले वायोमेडिकल र इञ्जिनीयरिङलाई जोड्ने शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताए । विद्यार्थीलाई ५०/५० प्रतिशत विधि र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको उनले बताए । विश्वविद्यालय विसं २०७६ मा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button