भोली हेटौंडामा साँस्कृतिक कार्यक्रम हुने

हेटौंडा, हेटौंडा बजार लायन्स क्लवको आयोजनामा भोली शुक्रबार हेटौंडामा साँस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रममा राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक गरिने क्लबका अध्यक्ष लक्ष्मण कंडेलले बताए ।

ADVERTISEMENT

कार्यक्रममा गायक सुमीत खड्का, लोकदोहोरी गायिका प्रतिमा अर्याल सहित स्थानीय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुने छ । क्लबका पूर्व अध्यक्ष साहित्यकार माधवबहादुर पोख्रेलको शब्द, शक्ति बल्लभको संगीत र सुमीत खड्काको स्वर रहेको राष्ट्रिय गीतको भिडियो मकवानपुरको गढी दरबार, पुष्पलाल पार्क लगायत विभिन्न पर्यटकीय स्थानहरुमा छायाङ्कन गरिएको अध्यक्ष कंडेलले जानकारी दिए ।

हेटौंडाको पल्पसा सदनको प्याराडाईज होममा हुने साँस्कृतिक कार्यक्रमको लागि एक हजार रुपैयाँको टिकट शुल्क राखिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *