हेटौंडा, हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अवसरमा आइतबार कक्षा ११ होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीले फुड स्टल कार्यक्रम सञ्चालन गरेका छन् ।
होटल म्यानेजमेन्ट संकायमा अध्ययनरत विद्यार्थीहरुकै लगानीमा ४ वटा विभिन्न स्टल राखी विद्यार्थीहरुले विक्री गरेका हुन् । स्टलमा विद्यार्थीले मम, कफी, पानीपुरी र चट्पटे विक्री गरेका थिए । हेटौंडा क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको क्याम्पसका अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए ।
स्ववियू हेटौंडा क्याम्पसको समन्वयमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । क्याम्पसको वार्षिकोत्सवमा आयोजित खेलकुद कार्यक्रममा विजेता शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
स्ववियू हेटौंडा क्याम्पसका सभापति अभी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस अध्यक्ष आनन्दराम पराजुली, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललितबहादुर घलान, क्याम्पस सञ्चालक समिति उपाध्यक्ष श्रीधर पोखरेल, कोषाध्यक्ष नमुना पाण्डे, क्याम्पस सञ्चालक समितिका सदस्यहरू प्रदीप कोइराला, पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति भूपेन्द्र कोइराला, कर्मचारी संघका अध्यक्ष देवरत्न मानन्धर लगायतको आतिथ्यता रहेको थियो ।







