उपभोक्ता मन्च मकवानपुरमा अधिकारीको नेतृत्व

हेटौंडा, उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

ADVERTISEMENT

मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ अधिकारी, श्यामलाल दुलाल, सकुन्तला ब्लोन, इश्वरी सिंह ठकुरी, लक्ष्मी श्रेष्ठ र श्रवण सुनार रहेका छन् ।

उपभोक्ता मन्च मकवानपुरका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा अधिवेशन भएको हो । अध्यक्षमा चयन भएका अधिकारीले उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाए । व्यापार व्यवसायमा आवद्ध भएकाहरुले उपभोक्ताको अधिकारलाई पनि ध्यान दिनुपर्ने उनको सुझाव थियो । संस्थागत एवम् उपभोक्ताको हितमा योजनाबद्ध रुपमा अघि बढ्ने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए । जिल्ला अधिवेशनसँगै शनिबार उपभोक्ता मन्चको केन्द्रीय महाधिवेशन समेत हेटौंडामा भएको थियो । महाधिवेशनबाट मकवानपुरका निवर्तमान अध्यक्ष कुमार पौडेल केन्द्रीय उपाध्यक्षमा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya