पुस्कलको नेतृत्वमा मकवानपुर पुस्तक तथा स्टेसनरी व्यवसायी संघ

हेटौंडा, मकवानपुर पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा पुस्कल नेपाल चयन भएका छन् । शनिबार भएको संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनबाट नेपालको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो ।

ADVERTISEMENT

संघको प्रथम उपाध्यक्षमा केशबप्रसाद मुडभरी, द्वितिय उपाध्यक्षमा भोजराज पराजुली, सचिवमा अमिर चौलागाईं र कोषाध्यक्षमा अमृत तुमसिङ मगर र सहसचिवमा अर्चना कार्की चयन भएका छन् ।

यसैगरी सदस्यमा रोशन खनाल, मिलन अधिकारी र केशव हुमागाई चयन भएका छन् ।

मकवानपुर पुस्तक तथा स्टेसनरी व्यवसायी संघका अध्यक्ष विज्ञान रिमालको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायी संघका केन्द्रीय सदस्य किरणबाबु न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *