दुग्ध सहकारीकर्मीको अध्यक्षमा पुनः दाहाल

हेटौंडा, १६ साउन/दुग्ध सहकारीकर्मी कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरको अध्यक्षमा पुनः कुमारमणि दाहाल चयन भएका छन् । मकवानपुर जिल्लामा रहेका दुग्ध सहकारी संस्थामा कार्यरत कर्मचारी आबद्ध सहकारी संस्थाको आठौं वार्षिक साधारणसभाबाट दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयनगरेको हो ।

ADVERTISEMENT

संस्थाको उपाध्यक्षमा बलराम घिमिरे, सचिवमा गोविन्दप्रसाद तिमल्सिना, कोषाध्यक्षमा नवराज गौतम तथा सदस्यमा लक्ष्मण सापकोटा, ईश्वर बस्नेत, शशी लम्साल, लक्ष्मी सापकोटा र युवराज लामिछाने चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा दामोदर अधिकारी तथा सदस्यहरूमा राजकुमार खड्का र सुमित्रा तिमल्सिना चयन भएका छन् । साथै भेलाले संस्थापक सञ्चालक एवम् सदस्यहरुबाट ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ ।

सल्लाहकारमा बलराम हुमागाईं, बिदुर हुमागाईं, गोविन्द दाहाल, झलक शर्मा र मन्दिरा ढकाल रहेका छन् । संस्थाका अध्यक्ष कुमारमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघ मकवानपुरका अध्यक्ष बासुदेव
अधिकारी, बागमती प्रदेश सहकारी विकास बोर्डका अधिकृत पुरुषोत्तम मिश्र, जिल्ला दुग्ध सहकारी संघका लेखा समिति संयोजक इन्द्रप्रसाद खतिवडा लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *