हेटौंडामा वृन्दावन शाकाहारी रेस्टुरेन्ट सञ्चालनमा

हेटौंडा, हेटौंडामा वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा आएको छ । करिब ८० लाखको लगानिमा हेटौंडा- ४ स्थित मेन रोडमा सोमबारबाट शुद्ध शाकाहारी रेस्टुरेन्ट संचालनमा ल्याएको संचालक सागर उप्रेतीले बताए।

ADVERTISEMENT

विश्व हिन्दु महासंघ मकवानपुर जिल्ला अध्यक्ष उत्तम शर्मा ढकाल र कृष्ण प्रणामी मन्दिरका पुजारी कृष्ण प्रसाद तिमल्सिनाको हातबाट रिवन काटी सुभारम्भ गरिएको थियो।

वृन्दावन शुद्ध शाकाहारी रेस्टुरेन्टमा कलर बिनाको मिठाइ , बेकरी आइटम , भेज खाना ,लसुन, प्याज,बेसार बिनाको खाना छुट्टै भाडामा पकाइने व्यवस्था समेत रहेको संचालक उप्रेतीले बताए।र हेटौंडा भरी होम डेलिभरिको व्यवस्था समेत रहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *