‘गुणस्तरीय शिक्षा प्रदान गर्नु नै प्रमुख लक्ष्य हो ।’


एसइईकोे परीक्षाफल प्रकाशित भएसँगै कक्षा ११ मा भर्ना गराउनको लागि विभिन्न क्याम्पसहरुले भर्ना अभियानलाई तीव्रता दिइरहेका छन् । हेटौंडा १० मा रहेको नारायणी कलेज र तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका प्रिन्सिपल रघुनाथ खरालसँग सत्मार्ग अनलाइनले गरेको कुराकानी अशं ः

ADVERTISEMENT

एसइई परीक्षाको नतिजा आएसँगै क्याम्पसले भर्नालाई विभिन्न होडवाजी सञ्चालन गरिरहेको छ । यसलाई कसरी हेर्नु भएको छ ?
एसइईको परीक्षाफल प्रकाशित भएपछि विभिन्न क्याम्पसहरुले भर्नाको अभियानलाई तीव्रता दिएको स्वभाविकै मानिन्छ । एसइईको नतिजा भएपछि अहिले भर्ना गर्नेको अवधि भएकोले गर्दा विभिन्न क्याम्पसले विद्यार्थी ल्याउनको लागि आफ्नो प्रयत्न गर्नु स्वभाविकै मानिन्छ । हामीले पनि विद्यार्थीलाई भर्ना गराउनको लागि विभिन्न किसिमका प्रयत्न गरिरहेका छाँै । हामीले हाम्रो इन्फ्रास्ट्रक्चर, सेवा सुविधा, विगतका नतिजालाई अभिभावकलाई देखाएर कक्षा ११ मा भर्ना गराउँदा यहाँको क्वालिटी र प्रडक्सन राम्रो छ र तपाईहरुले हामीलाई विश्वास गर्नुस् भन्ने हिसावले विद्यार्थीहरु नारायणी कलेज र तुल्सी मेहरमा आउन आग्रह गरिरहेका छाँै।

विद्यार्थीले नारायणी कलेज र तुल्सी मेहरलाई किन रोज्ने ?
हरेक विद्यार्थीहरुले आफ्नो भविष्य बनाउने क्रममा राम्रो विद्यालय, राम्रो कलेज रोज्नु उनीहरुको अधिकारकै कुरा हो । मकवानपुर जिल्लामा रहेर हामीले साइन्स र म्यानेजमेन्ट स्ट्रीमलाई मात्र लिएर जानुपर्छ र त्यो दुईटा विषयमा अब्बल हुनुपर्छ भन्ने रणनीतिका साथ हामी लागेका छाँै । यस विषयमा विद्यार्थीहरुले आफ्नो भविष्य बनाउनको लागि नारायणी कलेजले भविष्य निर्माण गर्न सक्छ, नारायणी कलेजमा पढ्यो भने कक्षा ११ र १२ को पढाइ राम्रो गर्न सक्छु र नारायणी कलेजमा पढ्दा मेरो भविष्य उज्जवल हुन्छ भने सोच विद्यार्थीले राख्नु भयो भने पक्कै पनि विद्यार्थीहरुले नारायणी कलेजलाई नै छान्नुहुन्छ ।

ADVERTISEMENT

अरु कलेजको तुलनामा नारायणी कलेजमा फरकपन के पाइन्छ ?
पढाउने हिसावमा सबै कलेजमा एउटै हुन्छ तर पनि हामी प्राइभेट कलेजमा छौँ । हाम्रो व्यवस्थापकीय कुरामा फरक हुन सक्छ, हामीले दिने सेवा सुविधा दिइरहेका छाँै । मकवानपुर जिल्लामा पहिलो पटक हामीले हटिया, फुर्केचौर, कमाने हुँदै कलेजसम्म र पदमपोखरीसम्म यातायातको सुविधा दिएका छाँै । त्यो सुविधाले पनि अभिभावकहरुले नारायणी कलेजलाई नै रोज्नु हुनेछ । यो सुविधा अरु कलेजले दिन सकेका छैनन् । यो पनि अरु कलेज र हामीबीचको फरक हो । अहिले हामी नाफाकमाउने भन्दा पनि क्वालिटी कसरी मेन्टेन गर्ने र सर्वसाधारण अभिभावकहरुका छोराछोरी पनि कलेजमा कसरी पढ्न सक्छन् भन्ने अभियानमा छाँै । अहिले नै फि बढी गरेर क्याम्पसले नाफा कमाउनु भन्दा पनि पहिले गुणस्तरीय शिक्षा प्रदान गरौँ र सबै किसिमका अभिभावकहरुलाई कलेजमा ल्याउन सकौँ भन्ने अभियानमा रहेका छाँै । यो विषय पनि अन्य कलेजको भन्दा अलि फरक हो । प्राइभेटमा हाम्रो टेक केयर, हामीले सबै बच्चाहरुलाई केयर गरेर बच्चा आयो आएन, बच्चा आज किन आएन भन्ने खालको कुरा सहित हामीले जुनकुराको टेक केयर गछौँ सायद विरलै केही कलेजले मात्र त्यस्तो खालको सुविधा दिन्छन् त्यो हिसावले पनि अन्य कलेज र नारायणी कलेजमा भिन्नता छ ।

गरिब तथा जेहेन्दार विद्यार्थीलाई कस्तो सहुलियत रहेको छ ?
स्थानीय तहले भनेको भन्दा पनि बढी सुविधा हामीले दिइरहेका छाँै । अहिले हामीले सुविधाहरु प्रदान गरिरहेका छौँ । नियमअनुसार विद्यार्थी संख्यामा १० प्रतिशत नै छात्रवृत्ति दिए हुने हो । सामान्यतया गरिब तथा जेहेन्दार विद्यार्थी छन् भने हामीले १०० प्रतिशत छात्रवृत्ति पनि दिइरहेका छौँ । छात्रवृत्ति दिने क्रममा १० प्रतिशत भन्दा बढी नि हुन सक्छ । किन भने त्यो एउटा सामाजिक उत्तरदायित्व अन्तर्गत पनि आउँछ । कम्तिमा एउटा गरिव, जेहेन्दारको छात्र÷छात्राले कलेजमा पढेर आफ्नो भविष्य बनाउन पायो भने आज हामीले प्रत्यक्ष रुपमा आर्थिक लाभ नहुँदा पनि भोली पाँच वर्ष पछाडि त्यो विद्यार्थीले समाजमा गएर कलेजको विषयमा राम्रो कुरा बोल्छ त्यो नै आर्थिक आम्दानी भन्दा पनि ठूलो आम्दानी बन्छ जस्तो लाग्छ । अहिले हामीले छात्रवृत्तिको विषयमा लिमिटेड होइन हामीकहाँ आउने जेहेन्दार विद्यार्थी, गरिव विद्यार्थीहरु साच्चिनै गरिव छन् भने उनीहरुलाई पढ्न सिर्जना गर्नको लागि दश प्रतिशत भन्दा पनि १५ प्रतिशत छात्रवृत्ति प्रदान गरेर पढाउने छाँै ।

विद्यार्थीलाई दक्ष दनशक्ति बनाउनमा क्याम्पसले कस्तो भूमिका निर्वाह गरेको छ ?
यस कलेजबाट पढेका विद्यार्थीहरु विभिन्न बैंकमा सिइयो भएका छन् । धेरै बैंकका म्यानेजर भएका छन् । विद्यालय, कलेजमा प्राध्यापक बनेका छन् । कोही विदेशमा गएर पनि राम्रो अवस्थाको पोष्टमा बसेर काम गरिरहेका छन् । त्यो हिसावले पनि नारायणी कलेजबाट जति विद्यार्थी निस्केका छन् ती विद्यार्थीहरु आज बेरोजगारी अवस्थामा छैनन् । किनभने उनीहरुलाई हामीले शैक्षिक ज्ञान, प्रयोगात्मक सिप पनि दिएर पठाएका छाँै । जुन प्रयोगाात्मक सिपले उनीहरुले सजिलो रुपमा बजारमा विक्नको लागि सक्षम बनाएको छ। नारायणी कलेजका प्रडक्टहरुलाई हेर्नु भयो भने उनीहरु राम्रा राम्रा ठाउँमा एडजस्ट हुन सकेका छन् । केही राम्रा विद्यार्थीहरुलाई उद्योग, बैंकमा एडजस्ट गरेका छाँै भने नारायणी कलेजमा पढेका विद्यार्थीहरुले कलेजमै पनि पढाइरहनु भएका छन् ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
एसइई परीक्षामा सफलता प्राप्त गर्नुभएका विद्यार्थीहरुलाई शुभकामना दिन चाहान्छु । सम्पूर्ण अभिभावक, विद्यार्थी भाइबहिनीहरुलाई एकचोटी नारायणी कलेजमा आएर कलेजका इन्फ्रास्ट्रक्चर, विज्ञान ल्याव, कम्प्यूटर ल्याव, पढाउने शिक्षक, व्यवस्थापकीयलगायतको पक्षमा जानकारी हासिल गर्नको लागि क्याम्पस अवलोकन गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहान्छु । अवलोकन गरेपश्चात विद्यार्थीहरुले कलेजमा पढ्दा मेरो भविष्य बन्छ जस्तो लाग्छ र अभिभावकहरुलाई पनि आफ्ना नानीबाबहुरुले यस कलेजमा राम्रो गर्न सक्छन् जस्तो लाग्छ भने भर्ना गरिदिन सक्नु हुनेछ । अभिभावकहरुको नानीबाबुलाई राम्रो ज्ञान दिने, राम्रो शिक्षा दिनेकुरामा हामी जहिल्यै पनि तत्पर छौँ र यो कुरामा हामी कहिल्यै पनि पछाडी पर्ने छैनाँै भन्ने खालको कुरा यहाँहरुलाई भन्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *