वी.पी. स्मृति दिवसमा वृक्षारोपणदेखि चियापानसम्म

हेटौंडा, नेपाली कांग्रेसका संस्थापक वि.पी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा मकवानपुुरको हेटौंडा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेस मकवानपुर र विभिन्न भातृ तथा कांग्रेस निकट संघसंस्थाहरुले प्रथम जनर्निाचित प्रधानमन्त्री वि.पी कोइरालाको स्मृति दिवसमा चियापानदेखि वृक्षारोपण लयायतका कार्यक्रमहरु आयोजना गरेका छन् ।

ADVERTISEMENT

विक्रम संबत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे । उक्त दिनलाई कांग्रेसले वि.पी स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।

स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले चियापान सँगै मकवानपुरबाट कांग्रेसको पार्टी, भातृ तथा शुभेच्छुक संस्थाहरुमा मनोनित भएका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरको छ ।

कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षता भएको कार्यक्रममा पार्टी र विभिन्न भातृ एवं शुभेच्छुक संस्थामा मनोनित भएका २३ जनालाई बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै सभापति लामाले स्व. कोइरालाले आफ्नो प्रधानमन्त्रीको कालमा दुबै छिमेकी राष्ट्रहरुसँग सन्तुलित र कुटनैतिक सम्बन्ध स्थापित गरेर नेपाललाई आर्थिक र विकासको पूर्वाधारलाई अगाडि बढाउन महत्वपूर्ण योगदान गरेको बताए । उनले स्व.कोइरालाको योगदान चिरस्मरणीय रहेको र उन प्रेरणाको स्रोतले आज मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट पार्न सफलता प्राप्त भएको बताए ।

उक्त अवसरमा जिल्ल पार्टी कार्यालयमा रहेको वि.पीको अर्धकदको शालिकमा माल्यर्पण समेत गरिएको थियो भने निको अस्पताल प्रा.लि तथा तमु फार्मेसी हेटौंडासंगको समन्वयमा उपस्थित नेता तथा कार्यकर्ताहरुको निःशुल्क स्वास्थ्य जाँच सेमत गरेको थियो ।

स्मृति दिवसको अवसरमा वी.पी. विचार समाज मकवानपुरले हेटौँडा–११ मा ४१ प्रजातिको विरुण वृक्षरोपण सहित विचार गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ । समाजले हेटौंडा – ११ सरस्वतीमा वृक्षरोपण तथा विचार गोष्ठी गरेको हो । उक्त अवसरमा हेटौंडा – ११ सरस्वतीमा ४१ प्रजातिका बोटविरूवाको वृक्षरोपण गरिएको थियो ।

प्राध्यापक डाक्टर तथा वरिष्ठ समालोचक गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा भएकोमा कार्यक्रममा समाजका मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षता रहेको थियो । विचार गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले नेपाली कांग्रेस र तिनका अनुयायीहरुले वीपीको विचार छोडदै गएकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संगठन विभाग प्रमुख माईकल रामचन्द्र अर्याल, साहित्यकार प्राध्यापक डाक्टर शैलेन्द्र प्रकाश नेपाल लगाएतले वीपी कोइरालाको बारेमा आफ्नो धारणा गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *