हेटौंडाको राप्ति खोलामा सरसफाई

हेटौंडा – ५१ औं विश्व वातावरण दिवसको पूर्वसध्यामा हेटौंडाको राप्ति खोला क्षेत्रमा सरसफाई गरिएको छ । विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन टोलविकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्तिपुल मुनी सरसफाई गरिएको हो ।

ADVERTISEMENT

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता तथा नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पूर्वा लामा, समावसेवी, कर्मचारी, सुरक्षकर्मी, वातावरण प्रेमि स्थानीयहरुको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली सर्जक सञ्जाल मकवानपुरको संयोजनमा पर्यावरण संरक्षण सम्बन्धी खुल्ला कविता प्रतियोगिता गरिने छ । सोही दिन सामुदायिक प्रहरी सेवा केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा ६ सय वटा सार्वजनिक सवारी साधनमा स्टिकर टास्ने तथा डस्बिन वितरण गर्ने टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *