भट्टराइलाई ५१ हजार राशीको महालक्ष्मी साहित्य पुरस्कार

हेटौंडा, महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई प्रदान गरिएको छ । नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याएबापत भट्टराईलाई ५१ हजार नगद राशी सहित सम्मानपत्रले पुरस्कृत गरिएको हो ।

ADVERTISEMENT

शनिबार हेटौंडामा एक विशेष कार्यक्रम आयोजना गर्दै भट्टराईलाई चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनाल तथा सभाध्यक्ष मातृभूमि साहित्य समाजका अध्यक्ष माधवबहादुर पोख्रेलले सम्मानपत्र प्रदान गरेको थियो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका भट्टराई अनुवादक, उपन्यासकार, अनुसन्धानदाता र कवि समेत हुन् । मातृभूमि र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा प्रदान गर्दै आएको यो २१ औं पुरस्कार हो । अघिल्लो वर्ष यस पुरस्कार साहित्यकार श्रवण मुकारुङलाई प्रदान गरिएको थियो ।

त्यस्तै, समाजले यसवर्षको केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कारबाट हेटौंडाका पत्रकार सुरेश श्रेष्ठलाई पुरस्कृत गरेको छ । उक्त पुरस्कार ईश्वर मैनालीले आÇनो बुबाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी ७ हजार पाँच सय रुपैयाँ रहेको छ । कार्यक्रममा महालक्ष्मी विकास बैंकका बागमती प्रदेश(ख)का प्रमुख शम्भुप्रसाद पराजुली, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्पहरि अधिकारी ‘अन्जली’, साहित्यकार मुक्ति गोविन्द वैद्यलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *