यू १६ प्रदेश क्रिकेट छनौट : मकवानपुर ९० रनले विजयी

हेटौंडा, यू १६ प्रदेश स्तरीय छनौट प्रतियोगितामा नुवाकोटलाई पराजित गर्दै मकवानपुर ९० रनले विजयी भएको छ । बुधबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ४० रनको सम्मानजनक योगफल तयार पार्यो ।

ADVERTISEMENT

मकवानपुरको लागि रोहित ठाकुरले ४९ रन, शिव शक्ति महतोले ४७ रन बनाए । १ सय ४१ रनको लक्ष्य पाएको नुवाकोट ५० रनमै अल आउट भयो । नुवाकोटलाई सस्तैमा समेट्नको लागि मकवानपुरका रोहित ठाकुरले ३ रन खर्चेर ५ विकेट लिन सफल भए । चार ओभर बलिङ गरेका ठाकुरले २ मेडन लिएका थिए । मकवानपुरका चिराग डंगोलले ३ विकेट, शिव शक्ति महतोले १ विकेट लिन सफल भएको मकवानपुर टिम कोच तक्षक सिम्खडाले जानकारी दिए ।

प्रतियोगितामा म्यान अफ द म्याच घोषित भएका रोहित

प्रतियोगितामा ५ विकेट लिएका मकवानपुरका रोहित म्यान अफ द म्याच घोषित भए । यू १६ प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तर्गत माघ २५ गते मकवानपुरले काठमाडौँसँग प्रतिस्पर्धा गर्ने छ । मनमोहन मेमोरियल कप क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म हुन लागेको प्रदेश स्तरीय मनमोहन कप प्रतियोगिताको लागि बागमती क्रिकेट संघले खेलाडी छनौटको लागि प्रतियोगिता आयोजना गरेको हो ।

ADVERTISEMENT

मकवानपुरे टिममा रोहित ठाकुर, राज खतिवडा, आवर्त भट्टराइ, शिवम कुशवाहा, चिराग डंगोल, आरभ गुप्ता, करन अग्रवाल, आदित्य पटेल, अरविन्द प्रसाद यादव, आशिक अधिकारी, शिव शक्ति महतो र रोशन यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *