राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, मकवानपुरका १७ वटा विद्यालय छनौट

हेटौंडा/राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमको लागि मकवानपुरका १७ वटा विद्यालय छनौट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक गरेको ३ हजार ४७५ विद्यालय छनौट हुँदा मकवानपुरका १७ वटा विद्यालय छनौमा परेका हुन् । छनौट भएका मध्ये १४ वटा विद्यालयले सुचना प्रविधि प्रयोगशाला (आईसिटी) निर्माण गर्न ६ लाख ५० हजारका दरले अनुदान प्राप्त गर्ने भएका छन् । त्यस्तै ३ वटा विद्यालयले चार कोठे भवन निर्माणको लागि ४५ लाखका दरले अनुदान प्राप्त गर्ने भएका छन् । छनोट भएका सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाको पाँच वटा विद्यालय रहेका छन् ।

ADVERTISEMENT

जसमा राजदेवी माध्यमिक, त्रिभुवन माध्यमिक, अरनिको आधारभुत, शंकरज्योती आधारभुत र आधारभूत विद्यालय कमाने भोर्ले रहेका छन् । त्यस्तै राक्सिराङको कालिका र देवीका आधारभूत, बकैयाको जनक माध्यमिक र बाघभैरव आधारभूत, मकवानपुरगढीको रानिसेरा र चण्डिका माध्यमिक, बागमतीको विष्णु र चौरा आधारभूत, मनहरीको जनज्योती आधारभुत र जनजिवन ज्योती माध्यमिक, इन्द्रसरोबरको बत्सलादेवि माध्यमिक, भिमफेदीको बाराही माध्यमिक विद्यालय छनौट भएका छन् ।

मकवानपुरमा रहेका थाहा नगरपालिका र कैलाश गाउँपालिकाको कुनै पनि विद्यालय छनौटमा परेका छैनन। राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम अन्तर्गत भौतिक सुविधा विस्तार लगायतका कार्यक्रममा सहभागी हुने विद्यालयले स्थानीय तह मार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेश गरेका थिए । ‘राष्ट्रपति शौक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६’ निर्देशक समितिको बैठकले यो कार्यक्रम चालु आर्थिक वर्ष २०७९/८० मा साउनबाट नै कार्यन्वयन गर्ने प्रस्ताव गरेको थियो ।

ADVERTISEMENT

कार्यक्रम कार्यान्वयनका लागि सरकारले बजेट भाषण मार्फत चालु शैक्षिक वर्ष (आर्थिक वर्ष) का लागि ८ अर्ब ८८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गत वर्षको ७ अर्ब ८५ करोड ५१ लाख रुपियाँ छुट्याएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya