आर्ट क्लवको ‘एक्सप्रेसन स्टेसन’

हेटौंडा, अतिरिक्त क्रियाकलालपलाई जोड दिदै आइरहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आर्ट सम्बन्धि ‘एक्सप्रेसन स्टेसन’ कार्यक्रम आयोजना भएको थियो । कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीले रङको माध्यमबाट विभिन्न चित्रहरु कोरेका थिए ।

ADVERTISEMENT

नवोदय आर्ट क्लवले आयोजना गरेको कार्यक्रममा एकै ठाउँमा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थी, अध्यापन गराउने शिक्षक, कर्मचारीलाई एकै ठाउँमा भेला गराएर सिर्जनशिल प्रतिभालाई कलामार्फत उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको क्लवले जनाएको छ ।

विद्यालयमा कला संस्कृतिको विकास गर्न, कलामार्फत आफूलाई अभिव्यक्त गर्न, कलालाई प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नवोदय विद्यालयका आर्ट शिक्षक मनिस योन्जनले जानकारी दिए । उक्त कार्यक्रमलाई हरेक वर्ष नवीन तरिकाले आयोजना गर्दै निरन्तरता दिइने योन्जनको भनाइ रहेको थियो ।

ADVERTISEMENT

विद्यालयमा पहिलो चोटी आयोजना गरेको कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षकले आफ्नो अनुभव प्रस्तुत गरेका थिए । यो कार्यक्रमबाट आर्ट सिक्ने अवसर मिल्नुको साथै कलाबाटै लुकेको प्रतिभा सबैले देख्ने अवसर मिलेको शिक्षक शाश्वत श्रेष्ठले बताए। ‘हामी चित्रकार हौँ । हामी बोलेर होइन काम गरेर देखाउँछौँ र देखाउनु पर्छ ।’–मकवानपुरे चर्चित चित्रकार तथा अधिवक्ता ऋषि केविले भने । कार्यक्रममा सहभागी शिक्षक, विद्यार्थीहरु धेरै उत्साहित देखिएका थिए ।

तस्विरः प्रलय चौलागाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *