यामाहाको ‘एक्सचेन्ज एन्ड अपग्रेड’ अफर हेटौंडामा जारी

हेटौंडा, यामाहा कम्पनीको ‘एक्सचेन्ज एण्ड अपग्रेड’ अफर हेटौंडामा सञ्चालन भइरहेको छ । साउन ७ गतेदेखि १२ गतेसम्म यामाहा कम्पनी मकवानपुरको लागि आधिकारीक विक्रेता राज मोटर्समा एक्सचेन्ज एण्ड अपग्रेड अफर सञ्चालन हुनेछ ।

ADVERTISEMENT

यो अफर अन्तर्गत यामाहा ब्रान्डको मोटरसाइकल वा स्कुटरसँग कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा मूल्याङ्कन पाइने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।

‘पुराना मोटरसाइकल वा स्कुटर साटेर प्राविधिक रुपमा अत्याधुनिक यामाहामा अपग्रेड हुने सबैभन्दा उत्तम समय हो,’ राज मोटर्सका सञ्चालक श्रेष्ठले भने ‘यो अवधिमा ग्राहकले जुनसुकै ब्रान्डका पुरानो मोटरसाइकलमा ७ हजार छुट सहित ७ हजार थप मूल्याङ्कन पाउनेछन् ।’

यामाहाले ग्राहकको क्षमता अनुसारको डाउन पेमेन्ट, शून्य प्रतिशत ब्याजदर जस्ता स्कीम उपलब्ध गराइरहेको छ । कम्पनीले इजी फाइनान्स स्कीममा ग्राहकलाई सजिलै फाइनान्स सुबिधामा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आइरहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *