हेटौंडाको सहिद स्मारकमा जातीय संग्रहालय स्थापना

हेटौंडा, सहिद स्मारक हेटौंडाले हेटौंडा उपमहानगरपालिका-११ नवलपुरस्थित आफ्नै भवनमा जातीय संग्रहालय स्थापना गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको संग्रहालयको भवनमा जातीय पहिचान झल्कने पहिरनसहितको पुरुष र महिलाको डमी राखिएको छ ।

ADVERTISEMENT

२०७८ को जनगणना अनुसार मकवानपुरमा २६ जातजाति बसोबास छ । ‘ती सबै जातिको पहिचान झल्कने पहिरनसहित पुरुष र महिला उभिएको डमी राख्न लागेको छौं,’ सहिद स्मारक विकास समिति हेटौंडाका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले भने,‘अहिलेसम्म १३ जातजातिका डमी राखिसकेका छौं, बाँकी पनि छिटै राख्ने छौं ।’ 

करिब ३ करोडको लागतमा निर्माण गरिएको उक्त संग्रहालयकोसाउन २४ मा आदिवासी जनजाति दिवसको अवसरमा उद्घाटन गर्ने योजना रहेको छ । सहिद स्मारक हेटौंडाका अध्यक्ष डोरमणि पौडेलले करिब चार कठ्ठा जमिनमा निर्माण गरिएको उक्त संग्रहालयमा चेपाङ, बाम्हण, क्षेत्री, राई, माझी, सुनुवार, तामाङ, गुरुङलगायत १३ जातजातिका महिला र पुरुषको डमी राखिएको र बाँककीको राखिँदै जाने बताए । स्मारकमा गत आर्थिक वर्ष २०८२/०८३ मा पाँच लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । स्मारकमा स्वदेशी एवं विदेशी गरी पाँच लाख २० हजारले भ्रमण गरेको कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । हरेक दिन बिहान ६ः०० देखि बेलुका ९ः०० बजेसम्म खुल्ने स्मारकमा नेपाली सर्वसाधारणका लागि ५०, विद्यार्थीका लागि  ३०, सार्क राष्ट्रका नागरिकका लागि  १०० र अन्य विदेशी नागरिकका लागि  १५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ  । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५२ माघ १७ मा यो स्मारकको अनावरण गरेका थिए । 

ADVERTISEMENT

देशका विभिन्न संघर्षमा सहादत प्राप्त १२ जना सहिदको स्मारक निर्माण गरी सुरु गरिएको यो स्मारकमा सहिद स्मृति स्तम्भ, सहिद ग्यालरी, मदन स्मारक (मदन बाटिका), प्रजातान्त्रिक पार्क, थाहा स्तम्भ, पर्यटक सूचना केन्द्र, चिडिया घर, फोहरासहितको पार्क, बालउद्यान, देवी मन्दिर, विवाह मण्डप, नर्सरी (ग्रिन हाउस), पौडी पोखरी, वनभोज स्थलसहित पछिल्लो पटक जातीय संग्रहालय पनि थपिएको छ । – इकान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya