मकवानपुरको प्रहरी प्रमुखमा सिताराम रिजाल

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक सिताराम रिजाल आउने भएका छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयले रिजाललाई मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमको अनिवार्य अवकास भएपछि रिजाल आउने भएका हुन् । यसअघि रिजाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *