आइतबार विदा नगर्न विद्यार्थी संगठनको सुझाव

काठमाडौं /विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन तथा आगिंक क्याम्पसमा आइतबार विदा नगर्न सुझाव दिएका छन् ।

ADVERTISEMENT

विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरुलाई आमन्त्रण गरि सुझावको माग गरेको थियो । विद्यार्थीको क्रेडिट आवर नपुगेको, कोर्स नसकिएको तथा परीक्षा केन्द्र तय गर्दा कोर्स पुरा हुन नसकेका लगायत कारण देखाएर आइतबार विदा गर्न नहुने सुझाव दिएका छन् ।

‘क्याम्पसमा पढाई हुने दिन १७० दिन हो । क्रेडिट आवर पनि पुगेको छैन ।’ छलफलमा सहभागी नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले भने,‘आइतबार त्रिवि अन्तर्गतका क्याम्पस विदा दिनु अव्यहारिक छ । शिक्षा क्षेत्रमा आइतबार विदा गर्न नहुने सुझाव दियौं ।’

विद्यार्थी संगठनक नेताहरुको राय सुनिसकेपछि विश्वविद्यालय प्रशासनले कर्मचारीको पनि छलफल डाकेर निर्णय लिने जानकारी दिएको शेर्पाले बताए । आइतबार त्रिवि अन्तर्गतका क्याम्पस विदा नहुनेमा छलफलपछि आशावादी रहेको शेर्पाले बताए । सरकारले जेठबाट लागु हुने गरि शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya