कार्तिक ५ गते हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम हुने

हेटौंडा, गतवर्षझै यसवर्ष पनि सिस्नुपानी नेपाल मकवानपुरले तिहारको अवसरमा कार्तिक ५ गते हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम गर्ने भएको छ। सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेलगायतको नयाँ कार्यसमिति चयन भएर आएपछि गरेको देउसी भैलो कार्यक्रम दोस्रो पटक रहेको छ ।

ADVERTISEMENT

‘सिस्नुपानी नेपालले हरेक वर्ष तिहारको अवसरमा देउसी भैलो कार्यक्रम गर्दै आइरहेको छ । सिस्नुपानी नेपालकै शाखाको रुपमा रहेको सिस्नुपानी मकवानपुरले मकवानपुरका साहित्यकार र कलाकारहरुको सहयोगमा देउसी भैलो कार्यक्रम दोस्रो पटक आयोजना गर्न लागेका हौँ ।’ सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष लामिछानेले भने –‘नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै देशमा भएका विकृति, विसङ्गतिलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौँ ।’

हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रमको लागि असोज २४ गतेबाट नै आफ्नो भवनबाट रियल्सनको कार्य भइरहेको उनले जानकारी दिए । हेटौंडाको क्लव हेटौंडा पार्टी प्यालेसमा हुने कार्यक्रममा हास्यव्यङ्ग्य प्यारोडिक गित, खैचेडी भजन, पुराण प्रस्तुती हुने छ । कार्तिक ५ गते क्लव हेटौंडा पार्टी प्यालेसमा हुने कार्यक्रमका लागि सहभागिता जनाइनदिनुहुनका निम्ति मकवानपुरेबासीलाई उनले आग्रह गरेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya