जन्मदिनको अवसरमा अक्षयकोषमा सहयोग

हेटौंडा,अमर माध्यमिक विद्यालय हेटौंडा १ की विद्यालय व्यवस्थापन समितिका सदस्य जानकी गिरीले आफ्नो जन्मदिनको अवसरमा अमर माध्यमिक विद्यालयले स्थापना गरेको अक्षयकोषमा रकम सहयोग गरेकी छिन् ।

ADVERTISEMENT

गिरीले आफ्नो जन्मदिनको अवसर परेर विद्यालयकी प्रधानाध्यापक मालती उप्रेतीलाई नगद ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेकी छिन् । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई छात्रवृत्ति वितरण गर्ने उद्देश्यले छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको हो । गत फागुन महिनाबाट शुरु भएको छात्रवृत्ति अक्षय कोषमा हालसम्म ३३ हजार ७ सय ३९ रुपैयाँ जम्मा भइसकेको विद्यालयकी प्रधानाध्यापक उप्रेतीले जानकारी दिइन् ।

‘व्यक्तिगत तथा विभिन्न संघसंस्थाहरुको सहयोगमा हरेक वर्ष १५ देखि २० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेका छौँ ।’ प्रधानाध्यापक उप्रेतीले भन्नि –‘ विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार बालबालिकालाई लक्षित गरी अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्ने लक्ष्य लिएका छौँ ।’ छात्रवृत्ति अक्षय कोषले बालबालिकाको जीवनमा ठूलो भूमिका निर्वाह हुनेभएकोले गर्दा विद्यालयले स्थापना गर्न लागेको कोषमा सहयोग गरिदिन उनले आग्रह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *