हेटौंडा, २७ साउन/हेटौंडा–४ स्कूलरोडमा रहेको हेटौंडा डेन्टल होम प्रालिले अत्याधुनिक सुविधा सम्पन्न डेन्टल सञ्चालनमा आएको छ । शुक्रबार जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष ललित घलानले डेन्टलको उद्घाटन गरेका हुन् ।

अस्पतालले मुख तथा दन्त रोग सम्बन्धी सम्पूर्ण सेवा एउटै छानामुनि सेवा प्रदान गर्ने उद्देश्यले डेन्टल सेवा सञ्चालनमा ल्याएको डेन्टलका सञ्चालक डाक्टर समिक्षा गुप्ताले जानकारी दिइन् । ‘हेटौंडामा थुपै्र डेन्टल सञ्चालन भएता सुविधा सम्पन्न इन्फ्रास्ट्रक्चर छैन । पाँच वर्ष घर भाडामा लिई उपचार गर्न आएका बिरामीलाई आनन्दका साथ सेवा प्रदान गर्नका लागि डेन्टल सञ्चालन गरेका हौँ ।’ सञ्चालक गुप्ताले भनिन् –‘दाँत, गिजा र अनुहार सम्बन्धी समस्याको लागि मल्टी स्पेशलिटी डेन्टलका साथ सेवा प्रदान गर्ने छौँ ।’

करिव २५ लाख लगानीमा डेन्टल सञ्चालनमा आएको हो । अत्याधुनिक उपकरण जडान भएको डेन्टलमा सहज तरिकाले दातको जरा नाप गरी सफा गर्न सकिने आरसीटी जस्ता झन्झटीलो र भयभीत मानिने उपचार पनि छिटो र सरल ढंगले गर्न सकिने डा. गुप्ताले बताइन् ।
ADVERTISEMENT