राप्रपा नेपाल आबद्ध विद्यार्थी संगठन मकवानपुर अध्यक्षमा पोखरेल

हेटौंडा /राप्रपा नेपाल आबद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल मकवानपुरको अध्यक्षमा कबिराम पोखरेल चयन भएका छन् । पोखरेलको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन भएको छ । समितिका उपाध्यक्षहरुमा सन्जिब चौलागाईं , सरिता चौलागाईं , सचिबमा नबराज अधिकारी , कोषाध्यक्ष आर्जन खतिवडा , सदस्यहरुमा शड्ढर पाण्डे , राम बिश्वकर्मा, सुजन ढकाल, बुद्ध लामा , बिज्ञान भुजेल, रोशन दङ्गाल, अमिर चौलागाईं , आयुष दुलाल, शुभाष राई, सन्तोष बिक, पुरुषोत्तम सापकोटा ,सन्जिता फुयाँल,अन्मिता लुईटेल लगायत रहेका छन् ।

ADVERTISEMENT

बधाई शुभकामना दिदै राप्रपा नेपालका नेता गणेश थापाले विद्यार्थी संगठनमा आबद्ध बिपन्न र जेहन्दार विद्यार्थीहरुलाई संगठन मार्फत बार्षिक रुपमा एक लाख बीस हजार रकम छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आगामी निर्बाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युबा पुस्ताहरुको महत्त्वपूर्ण भुमिका हुने भएकोले विद्यार्थी संगठनले आफुलाई संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका नेताहरु अम्बिका खतिवडा, गुरु प्रसाद सापकोटा ,दामोदर वाग्ले, टक्कर थापा,नबराज पौडेल ,लक्ष्मण पौडेल ,इन्दिरा पाठक,भृगु कार्की, रोम सापकोटा , बद्री कुँवर लगायतको उपस्तिथि रहेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya