देवकुमारको नेतृत्वमा सामूदायिक प्रहरी सेवा केन्द्र

हेटौंडा, सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को अध्यक्षमा देवकुमार श्रेष्ठ चयन भएका छन् । शनिबार भएको संस्थाको ५ औँ साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो । सामूदायिक प्रहरी सेवा केन्द्रको उपाध्यक्षमा कृष्णप्रसाद खनाल, सचिवमा खेमराज सापकोटा, सहसचिवमा दिवस पराजुली, कोषाध्यक्षमा महेन्द्र पाण्डे चयन भएका छन् ।

यसैगरी सदस्यमा मीना भण्डारी, अक्कलबहादुर रोक्का, उत्तम पण्डित, श्यामकृष्ण श्रेष्ठ, राजेश श्रेठ, अर्जुनबहादुर मिश्र, यक्षबहादुर आचार्य, शेषनाथ पुडासैनी, कालु घलान र शेखरराज मैनाली चयन भएका छन् । केन्द्रको पहिलो बैठकबाट सदस्यमा २ जनालाई सदस्यमा मनोनित गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष पदमा चयन भएका श्रेष्ठले संस्थाको हकहित र अधिकारको निम्ति सदैव लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका मोक्तानले समाज रुपान्तरणमा जोड दिएता पनि सोचको रुपान्तरण हुन नसकेको औल्याएकी थिइन् ।

‘सामाजिक विकास मन्त्रालयले अल्पसंख्यक, महिला, बालबालिका र विद्यालय क्षेत्रमा काम गरिरहेको छ ।’ मन्त्री मोक्तानले भनिन् –‘समाजमा गरिने योगदानमा सबैभन्दा बढी प्रभावकारी विद्यार्थीमा देखिन्छ । महिनामा एकचोटी विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई कार्यक्रमको बारेमा जानकारी गराउनु पर्दछ ।’

हेटौंडा १ नम्वर वडा अध्यक्ष सविन न्यौपानेले परिमार्जित र परिस्कृत तवरबाट मात्रै संस्था अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । संस्थाले समन्वयकारी भूमिका महत्वपूर्ण तवरले निभाउन सकेमात्र संस्थाको गरिमा अघि बढ्ने उनले बताए । कार्यक्रममा नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रा.लिका जेनेरल म्यानेजर अनिल रत्न स्थापितलाई खादा र प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रममा हेटौंडा ११ नम्वर वडा अध्यक्ष जुना दाहाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button