अभिभावक भेलामा ६ जना शिक्षक सम्मानित

हेटौंडा, हेटौंडा १३ मा रहेको फेमकोल एकेडेमीले ६ जना शिक्षकलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ । आइतबार भएको विद्यालयको १५ औँ अभिभावक भेलाको अवसरमा ६ जना शिक्षकलाई सम्मान गरेको हो । सम्मान हुनेमा अनिल केसी, निशान बलामी, अनुप शर्मा, सुष्मा नकर्मी श्रेष्ठ, कशेव न्यौपाने र कविता मुडभरी रहेका छन् ।

ADVERTISEMENT

जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख ललित घलानले उनीहरुलाई सम्मान गरेका थिए । फेमकोल एकेडेमीका व्यवस्थापन समितिका अध्यक्ष बगान सिं थिङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।

स्काउट नामक संस्थाले ग्याँसबाट आगलागी हुँदा कसरी सावधान अपनाउने भन्ने विषयमा विद्यार्थीलाई प्रस्तुती दिएका थिए। कक्षा नर्सरी देखि १० कक्षा सम्म पढाइ हुने विद्यालयमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल केशव मुडभरीले जानकारी दिए । कार्यक्रममा हेटौंडा १३ का वडाध्यक्ष पेम्वा लामा, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, महिला मिलन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष विष्णु लामालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya