हेटौंडा, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले ‘विशेष आन्तरिक अभियान’ का लागि प्रदेश प्रतिनिधिहरू तोकेका छन् । सभापति बानियाँले अभियानलाई सफल बनाउन पदाधिकारी एवम् सदस्यहरूलाई प्रदेश प्रतिनिधि तोकेका हुन् ।
प्रदेश समितिले काठमाडौँका लागि सह–महामन्त्री हरिशरण श्रेष्ठ, ललितपुरमा सदस्य प्रभात तामाङ, भक्तपुरमा सहमहामन्त्री ऋषिराम घिमिरे, रसुवामा सदस्य निमा लामा, धादिङमा सदस्य सन्तबहादुर प्रजा र नुवाकोटमा सदस्य तिलकप्रसाद रुवालीलाई खटाएको छ ।
यस्तै चितवनमा सदस्य रामचन्द्र अर्याल, मकवानपुरमा सदस्य कैलाश कोइराला, सिन्धुलीमा सदस्य उपेन्द्र लम्साल, काभ्रेपलान्चोकमा सह–महामन्त्री जीवन डंगोल, सिन्धुपाल्चोकमा सदस्य दीपेन्द्र आचार्य, दोलखामा सदस्य भगवान खड्का र रामेछापमा सदस्य सानुकान्छा श्रेष्ठलाई खटाइएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै सभापति बानियाँले बागमती प्रदेश अन्तगर्तत प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि प्रतिनिधि खटाएका छन् ।












