हेटौंडा/श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको चुक्ता शेयर पूँजी १ करोड ३६ लाख २ हजार ३ सय रुपैयाँ रहेको छ । १ हजार ६३ जना शेयर सदस्य आवद्ध रहेको सहकारी शेयर पूँजी गतवर्षको तुलनामा १३ दशमलव ४८ ले वृृद्धि भएको छ । आर्थिक वर्ष २०७७/२०७८ मा सहकारीको शेयर पूँजी १ करोड १९ लख ८६ हजार रुपैयाँ रहेको थियो । शनिबार भएको संस्थाको २३ औँ वार्षिक साधारणसभाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष भोला प्रसाद शर्मा खरेलले सहकारीको बारेमा शेयर सदस्यलाई जानकारी गराएका थिए ।
संस्थाको अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीले जेष्ठ नागरिकमा कृष्णप्रसाद सुवेदी र तिलकुमारी तामाङ, असल बचतकर्तामा मनोज रिजाल र बाशुदेव श्रेष्ठ, असल ऋणी पंकज ठाकुर र राजुकुमार श्रेष्ठ, उत्कृष्ट जेहेन्दार तथा गरिव विद्यार्थीमा अनुभव ढुङ्गाना र रोजी लामालाई नगदसहित पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रममा हेटौंडा ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमु रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो ।