बागमती प्रदेश उद्योग परिसंघको साधारणसभा

हेटौंडा, बागमती प्रदेश उद्योग परिसंघको तेस्रो साधारणसभा आज हेटौंडामा भएको छ । साधारणसभाको उद्घाटन् गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बागमती प्रदेशमा उद्योगहरु भित्रयाउनका लागि आफुहरु तयार रहेको बताएका छन् ।

ADVERTISEMENT

उद्योगको अधिकार प्रदेश सरकारलाई नभएपनि यहाँ उद्योगहरु चल्ने वातावरण तयार गर्नका लागि आफु तयार रहेको बताए । उद्योगधन्दा खोल्नेहरुलाई अहिले पनि धेरै तिरबाट दुख दिनेगरेको बताउँदै उनले अब त्यस्तो हुन दिन नहुने बताए । उद्योगधन्दा सञ्चालन विना रोजगारीको सृजना नहुने उनको भनाइ छ ।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, प्रशासन तथा भूमि मन्त्री सुकुमायाँ तामाङले स्वदेशी उद्योगहरुले उत्पादन गरेका सामान सरकार र नागरिकले प्रयोग नगरेको उनले गुनासो गरिन ।

ADVERTISEMENT

उद्योगहरुले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि ठुलो मधत गरेको उनको भनाई छ । कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष बिरेन्द्र राज पाण्डे, बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya