कृष्ण पोखरेलको नेतृत्वमा हेटौंडा शिक्षक सङ्गठन

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेटौंडा उपमहानगरपालिका समितिको अध्यक्षमा कृष्ण पोखरेल चयन भएका छन् । समितिको हेटौंडामा भएको तेस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ समिति निर्माण भएको हो ।

समितिको उपाध्यक्षमा सिर्जना रानाभाट र रत्न स्याङतान, सचिवमा चिरञ्जीवी घिमिरे, कोषाध्यक्षमा प्रेम बहादुर स्याङ्तान, सहसचिवमा सिर्जनाकुमारी शर्मा र सहकोषाध्यक्षमा उमा लामा चयन भएका छन् । यसैगरी सदस्यमा लिलादेवी तिमल्सिना, विष्णुप्रसाद पराजुली, पुण्यशीला श्रेष्ठ सङ्गीता बजगाई, रामकुमार ढकाल, गीता न्यौपाने, गोविन्द उप्रेती, होमनाथ ढकाल, सरोजकुमार महतो, सविना वाइवा, रमा काफ्ले र विधान आचार्य चयन भएको जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुखे डीवी बर्तौलाले जानकारी दिए ।

सङ्गठन हेटौंडा उपमहानगरपालिकाको अध्यक्ष गोपीरमण प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेउनपा ४ का वडा अध्यक्ष नवीन सिग्देल, राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी गजुरेल, प्रदेश कोषाध्यक्ष लक्ष्मी चौलागाईं, जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहाललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपनपाका सङ्गठन सचिव देवराज शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भरत पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *