बागमती प्रदेशका व्यवसायिक नेताहरुको भेला थाहामा

हेटौंडा, नेपाल उद्योग वाणिज्य महासंघ-बागमती प्रदेशका नेताहरु मकवानपुरको थाहानगर आउदै छन् । साउन ३२ गते बिहीबार बागमती प्रदेशका विषयगत समिति परिचयात्मक तथा छलफल कार्यक्रमका लागि थाहानगर आउने भएका हुन् । कार्यक्रमका लागि बुधबार दिउँसो नै सहभागीहरु थाहानगरको पालुङ आइसक्ने प्रदेश कोषाध्यक्ष तथा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्रीले जानकारी दिए।

ADVERTISEMENT

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठलगायत पनि थाहानगर आउनु हुनेछ । थाहानगरका व्यवसायिक कार्यक्रमले थाहाको पर्यटनमा महत्वपूर्ण योगदान रहने थाहानगर उद्योग वाणिज्य संघले विश्वास लिएको छ । “हामीले कार्य विभाजन गरेर कार्यक्रमको तयारीमा सहयोग गरेका छौँ” थाहाका महासचिव तथा प्रदेश राजश्व समिति सदस्य सुरेन्द्रमान प्रधानले भने, “मूल कार्यक्रम जेसीज हलमा हुनेछ, खानपान थाहा पार्कमा, बसोबास पानोरोमा रिसोर्ट, सुनगाभा, पाइनस, साहारा, शंकर र सिम्रीक होटलमा व्यवस्थापन गरिएको छ ।”

कार्यक्रमको अवसरमा बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघका एक सय ५० बढी व्यवसायिक नेताहरुको सहभागी रहनेछ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *