हेटौंंडा हेटौंडा–६ मा रहेको सुनगाभा शिक्षा निकेतन विद्यालयको विद्यालय क्याप्टेनमा देभ्यानी न्यौपानै निर्वाचित भएकी छिन् । आइतबार भएको विद्यालयको निर्वाचनमा कक्षा ९ मा अध्ययनरत छात्रा न्यौपानेले ३३१ मत प्राप्त गर्दै विजयी भइन् ।

यसैगरी कक्षा ९ मे अध्ययनरत छात्रा सम्पदा सिग्देल ११० मत प्राप्त गर्दै विद्यालयको भाइस क्याप्टेनमा निर्वाचित भएकी छिन् । यसैगरी ग्रिन हाउसको कप्तानमा विश्वास थापा र उपकप्तानमा प्रशिद्ध सिग्देल, रेड हाउको कप्तानमा संस्कृति दङ्गाल र उपकप्तानमा नितिशा पुडासैनी, ब्लू हाउसको कप्तानमा बिराज तिमल्सिना र उपकप्तानमा कुशल पुडासैनी र यल्लो हाउसको कप्तानमा अनुरोध सापकोटा र उपकप्तानमा आरम्भ बिडारी निर्वाचित भएको विद्यालयको प्रिन्सिपल अरुण पराजुलीले जानकारी दिए ।

कक्षा २ देखि १० सम्म अध्ययनरत ६ सय २० जना विद्यार्थीले भोट हालेका थिए । कक्षाभित्र र बाहिर हुने विभिन्न गतिविधिहरुमा बालबालिकाहरुको प्रत्यक्ष सहभागिता गराउन तथा सामाजिक विषयमा रहेको निर्वाचन सम्बन्धी विषयवस्तुलाई गरेरै सिक्ने वातावरण निर्माण गर्नका लागि र निर्वाचन सम्बन्धी सामान्य प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल पराजुलीले बताए ।








