जापान सरकार वाग्मती प्रदेशमा पूर्बाधार र कृषिमा सहकार्य गर्न सकारात्मक

हेटौंडा, वाग्मती प्रदेशका भौतिक पूर्बाधार विकास मन्त्री युवराज दुलाल र मित्र राष्ट्र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजो संग जापानको विदेश मन्त्रालयमा भेटघाट र फलफल भएको छ ।

ADVERTISEMENT

मन्त्री दुलालका स्वकिय दीपक न्यौपानेका अनुसार आज बिहान भएको भेटघाटमा वाग्मती प्रदेश र स्थानिय तहहरुमा पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने बिषयमा छलफल भएको हो । जापानका बिदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसंग मध्ययम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताउनु भएको छ ।

उहाँले नेपालमा जापानी प्रबिधीमा कृषिक्षेत्रमा परिबर्तन ल्याउन जापान सरकार तयार रहेको बताउनुभएको स्वकिय न्यौपानेको भनाई छ । भेटमा मन्त्री दुलालसंगै नेपालको तर्फबाट वाग्मती प्रदेश युवा तथा खेलकुद पूर्ब मन्त्री रत्न ढकाल ,जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुवेदी, महाभारत गाउपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाई, राजदुताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतीशिल मन्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya