भीमफेदी कारागारले बायो ग्यास उत्पादन गर्ने

हेटौंडा, भीमफेदी कारागारमा बायो ग्यास उत्पादन गरिने भएको छ। आगामी असोजको अन्तिम साताबाट कारागारबाट बायो ग्यास उत्पादन प्रक्रिया सुरु गरिने कारागार प्रशासनले जनाएको छ। यसका लागि कारागार व्यवस्थापनले बोलपत्र आह्वान गरिसकेको छ। भदौको तेस्रो सातासम्ममा बोलपत्रलाई स्वीकृत गर्ने लक्ष्यसहित काम अघि बढाइएको भीमफेदी कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिए।

ADVERTISEMENT

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भीमफेदी कारागारबाट निस्कने फोहरको सदुपयोग गर्न चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ३० लाख अनुदान रकम उपलब्ध गराइएको छ। बायो ग्यास उत्पादन गर्ने क्रममा विभिन्न उपकरणको खरिद गरी जडान गर्न सो अनुदान रकम खर्च गरिने कारागारका जेलर पौडेलले जानकारी दिए।

कारागारबाट निस्कने फोहर सिधै भूमिगत पाइपबाट भीमफेदीका विभिन्न खोलामा मिसाउने गरिएको थियो। कारागारमा उत्पादन हुने वायु ग्यास कारागारमै खपत गरिनेछ। भीमफेदी कारागारमा हाल एक हजार ७० जना कैदीबन्दी छन्। तीमध्ये ३१ जना महिला छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya