हेटौंडा, बजाज मोटरसाइकलले नेपालीहरुको महान चाड विजयादशमी, शुभदीपावलीको अवसरमा ‘आम्मामा २५ गुणा अफर’ सञ्चालन गरेको छ। बजाजले गरेको लक्की ड्र मार्फत हेटौंडाका सागर थिङले नगद ५० हजार रुपैयाँ हात पार्न सफल भएका छन् ।
हेटौंडाको हरोइजन अटो प्रा.लिबाट थिङले पल्सर १५० सिसिको मोटर साइकल खरिद गरेको हरोइजनका सञ्चालक लालकाजीरत्न बज्राचार्यले जानकारी दिए । लक्की ड्रबाट विजेता बनेका थिङलाई हरोइजनका सञ्चालकद्वय लालकाजीरत्न बज्राचार्य र राजुरत्न बज्राचायले नगद ५० हजार रुपैयाँ प्रदान गरेका थिए ।
ग्राहकहरुलाई दशै तिहारको छुटको अवसर प्रदान गर्न बजाजले आम्मामा २५ गुणा अफर सञ्चालनमा ल्याएको हो । यो अफर मंसिर १४ गतेसम्म लागू हुनेछ ।







