२० विद्यालयलाई उपमहानगरद्वारा कम्प्यूटर सहयोग

हेटौंडा, सामुदायिक विद्यालयको शिक्षाको स्तर सुधार्ने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले २० वटा सामुदायिक विद्यालयलाई कम्प्यूटरसहित आवश्यक इलेक्ट्रोनिक्स सामग्री सहयोग हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधीमैत्री बनाउने उद्देश्यसहित उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायिक विद्यालयलाई कम्प्यूटरसहित आवश्यक इलेक्ट्रोनिक्स सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालयको प्रशासनिक कामकाजलाई सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायिक विद्यालयलाई कम्प्यूटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । उक्त सामग्री हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा, उपमेयर राजेश बानियाँ र सामाजिक विकास समितिका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालालगायतले विद्यालयका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरेका हुन् । आन्तरिक स्रोतको २० लाख रुपैयाँ रकमबाट ठेक्कामार्फत गरिद् गरिएको सामग्री हस्तान्तरण गर्दै मेयर लामाले विद्यालयको शैक्षिक अवस्थालाई सुधार्न अनुरोध गरिन् । निजी विद्यालयको आकर्षणलाई घटाउने गरी सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न उनले प्रधानाध्यापकहरुलाई अनुरोध गरिन् ।

मेयर लामाले उपमहानगरले दिएको सामग्रीबाट विद्यालयको आन्तरिक व्यवस्थापनको क्षेत्रमा काम गर्न अनुरोध गरिन् । उपमहानगरले विद्यालयलाई प्रविधीमैत्री बनाउनका लागि गरेको सहयोगबाट सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् । आकाशधारा पानीसारा आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिकले विद्यालयको प्रशासनिक कार्य तथा परिक्षा सम्बन्धि कार्य व्यवस्थापनका लागि सहयोग सामग्रीले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button