उपमहानगरको नेतृत्वमा फरेष्ट्री क्षेत्रमा सरसफाइ, फरेष्ट्रीक्षेत्रमा पार्किङ निषेध

हेटौंडा, पछिल्लो समय रात्रिकालमा हुने अनैतिक क्रियाकलापका कारण चर्चामा रहेको हेटौंडा–१० फरेष्ट्री क्षेत्रमा बृहत्त सरसफाई गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने फरेष्ट्री क्षेत्रमा हुने ट्रक तथा अन्य सवारिसाधन पार्किङगरी बिभिन्न क्षेत्रबाट हेटौंडा आएका यौनिक अल्पसंख्यकहरुका कारण हुने अनैतिक गतिबिधि रोक्नका लागि हेटौंडा उपमहानगरपालिकाको संयोजनमा बिहीवार सरसफाइ कार्यक्रम गरिएको हो । राजमार्ग क्षेत्रमा पर्ने र नजिकै घना जंगलका कारण गलत काम भएको जनगुनासो सँगै फरेष्ट्री क्षेत्रमा सरसफाइसँगै पार्किङ निषेधित क्षेत्र घोषणा समेत गरिएको छ । सफाईसँगै उपमहानगरले यसक्षेत्रमा लाईटिङको व्यवस्था गरी थप व्यवस्थित बनाउने तयारी गरेको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।

स्थानीय प्रशासनसँगको सहकार्यमा फरेष्ट्रीदेखि कान्तिइश्वरी दरवार क्षेत्रमा सानाठूला सवारीलाई पार्किङका लागि निषेध गरेको उनले बताइन् । अहिले त्यस क्षेत्रमा हरेका बुट्यानहरु हटाइएको छ भने भएका फोहरलाई व्यवस्थापन गरी बजार प्रवेश गर्ने क्षेत्रलाई आकर्षक बनाउने काम भएको बताइएको छ ।

‘सफा हटौंडा अभियान’ निर्माण अन्तरगत आयोजित कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, सामुदायीक प्रहरी सेवा केन्द्रको साझेदारी रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवाल, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम, मकवानपुरका प्रहरी प्रमुख बिश्वराज खड्का, शसस्त्र प्रहरी बल हेटौंडाका प्रमुख ज्ञानप्रसाद भुर्तेल, हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे तामाङ, फ्रेण्डस हेटौंडाका कार्यक्रम संयोजक किरण थापा लगायतको उपस्थितिमा वृहत सफाइ कार्यक्रम गरिएको हो ।

सफाईसँगै कार्यक्रममा यौनिक अल्पसङ्ख्यकहरूलाई सचेतना सहित यस क्षेत्रमा हुने गतिविधि रोक्ने काममा सहयोग गर्न आग्रह गरिएको थियो । यौनिक अल्पसङ्ख्यकहरूलाई अनैतिक गतिविधि रोक्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवश्यक सहकार्य गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button