हेटौंडा अस्पतालमा पहिलो पटक टाउकोको सफल शल्यक्रिया

हेटौडा अस्पतालमा पहिलो पटक न्यूरोसर्जरी अन्तर्गत टाउकोको सफल शल्यक्रिया भएको छ । हेटौंडा १५ निवासी ५० वर्षीय पुर्ण बहादुर थिङको टाउकोको शल्यक्रिया गरिएको हो ।

ADVERTISEMENT

टाउकोको दाहिनेपट्टी दिमागभित्र रगत जमेको कारण बेहोश अवस्थामा आएको बिरामीको वरिष्ठ न्यूरोसर्जन डा. विक्रमादित्य प्रसाद साह (गोल्ड मेडलिस्ट), एनेस्थेलोजिस्ट द्वय डा. प्रशान्त बिडारी, इश्वर सिलवाल तथा नर्स श्रीषा ढकाल सहितको टिमले बिहीबार हेटौडा अस्पतालमा सफल सल्यक्रिया गरेका हुन् ।

अहिले बिरामीको अवस्था सुधारिदै गएको र आजै बिरामी डिस्चार्ज हुने डा. प्रशान्त बिडारीले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *