तेस्रो जीतपुरसिमरा क्रिकेट प्रतियोगितामा मकवानपुरको रोमाञ्चक जित

हेटौँडा, तेस्रो जीतपुरसिमरा क्रिकेट कप प्रतियोगितामा मकवानपुर जिल्ला क्रिकेट संघले आयोजक जीतपुरसिमरा स्पोर्ट्स क्लबमाथि रोमाञ्चक जित हात पार्दै विजयी सुरुवात गरेको छ। मंगलबार औराहस्थित सेज क्रिकेट मैदानमा सम्पन्न खेलमा मकवानपुरले आयोजकलाई ६ रनले पराजित गरेको हो।

ADVERTISEMENT

१५२ रनको लक्ष्य पछ्याएको आयोजक टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन मात्रै बनाउन सक्यो। आयोजकका राहुल यादवले आक्रामक ब्याटिङ गर्दै २२ बलमा अविजित ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले चार छक्का र एक चौका प्रहार गरे। यसअघि राहुल हकले ३७, विकास सर्राफले २६, कमलेश दासले १८ र रजनिश मण्डलले १२ रनको योगदान दिएका थिए। अन्य ब्याटर भने दोहोरो अंकमा रन जोड्न असफल भए।

मकवानपुरका साकार गजुरेलले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। यस्तै रोहित ठाकुर र विशाल फुयाँलले दुईरदुई विकेट हात पारे भने निकेश श्रीवास्तवले एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मकवानपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। टोलीका ओपनर गोकुल अधिकारीले ३५ रन जोड्दा राजा अहमदले १९, विशेषविक्रम थापाले १८, विशाल फुयाँलले १४ तथा युविन बुढाथोकीले १३ रन बनाए।

आयोजकका आशिफ शेख र रेहान जाकिरले दुईरदुई विकेट लिए भने राहुल यादव, रोहन यादव र रितेश यादवले समान एकरएक विकेट हात पारे। खेलको प्लेयर अफ द म्याच मकवानपुरका साकार गजुरेल घोषित भए। उनलाई नविन खड्काले पुरस्कृत गरे। चैत २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *